काठमाडौँ उपत्यकाबाट विप्लवका ३ जना विद्यार्थी नेता र २ जना कार्यकर्ता पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ उपत्यकाबाट विप्लवका ३ जना विद्यार्थी नेता र २ जना कार्यकर्ता पक्राउ


६ मंसिर २०७७, शनिबार


विप्लव

काठमाडौँ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना विद्यार्थी नेतालाई काठमाडौँको कोठेश्वरबाट प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर-३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पन्चालझर्ना गाउँपालिका-४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेको प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले बताए ।

प्रवक्ता राठौरका अनुसार उनीहरुले संगठनमा आफ्नो भूमिकाबारे प्रहरीसमक्ष बताएका छैनन् । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन्।

उनीहरूलाई शुक्रबार राति ललितपुर महानगरपालिकाको ज्वागलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

पक्राउ पर्नेमा ४१ वर्षीय प्रेम दर्नाल र ३९ वर्षीय सञ्जिव नेपाली रहेका छन्। उनका अनुसार उनीहरू केन्द्रिय आर्थिक विभागका सदस्यहरू हुन्। ‘उनीहरू केन्द्रीय आर्थिक विभाग सदस्यहरू हुन्। चन्दा उठाउँदै हिँड्ने गर्थे,’ एसएसपी राईले भने।

Tags :
प्रतिक्रिया दिनुहोस