डब्लुएचओले भन्यो–कोरोना सङ्क्रमितलाई ‘रेम्डेसिभिर’ औषधि दिन तुरुन्त बन्द गरौँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डब्लुएचओले भन्यो–कोरोना सङ्क्रमितलाई ‘रेम्डेसिभिर’ औषधि दिन तुरुन्त बन्द गरौँ


एजेन्सी

६ मंसिर २०७७, शनिबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना सङ्क्रमितलाई रेम्डेसिभिर औषधि दिन बन्द गर्न निर्देशन दिएको छ ।

डब्लुएचओले रेम्डेसिभिरलाई कोरोना सङ्क्रमणको उपचारमा प्रयोग गरिने औषधिको सूचीबाटै हटाएको हो।

विश्वका विभिन्न देशले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग गरिरहेको रेम्डेसिभिर औषधि प्रयोग तत्काल बन्द गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले आग्रह गरेको हो।

उक्त औषधि कोरोना सङ्क्रमणमा फाइदा पुर्‍याएको भन्ने कुनै प्रमाण फेला नपरेको डब्लूएचओको दाबी छ।

डब्लूएचओले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त औषधिको प्रयोग तुरुन्त रोक्नुपर्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो दिशानिर्देश समितिले सिफारिस गरेबमोजिम रेम्डेसिभिर प्रयोग भइरहेको छ भने अब तुरुन्तै बन्द गर्नुस्। हामीले यो औषधि कोरोना संक्रमतिको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस