राष्ट्रसंघका महासचिवद्वारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रसंघका महासचिवद्वारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह


एजेन्सी

६ मंसिर २०७७, शनिबार


ब्रासिलिया । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गरेका हुन्

जी २० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उनले विश्वका नेताहरुलाई यो आग्रह गरेको बताइएको छ । विश्वमा अहिले विशेष गरेर कोभिड १९ को संक्रमण देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उहाँले यस्ता र अरु पनि समस्याहरु रहेको बताए ।

त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने भन्दै उनले शुक्रबार सो कुरामा जोड दिएका थिए । शुक्रवार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भनेका थिए,‘विश्वका जी २० का नेताहरुको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुँदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।

उनले कोभिड १९ को समस्याले निरन्तररुपमा कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक तथा अन्य समस्याको समाधान गर्न जी २० का नेताहरु पनि लाग्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस