राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने


६ मंसिर २०७७, शनिबार


काठमाडौँ । राजा वीरेन्द्रको निजी निवास आइतबारदेखि खुला गरिने भएको छ । शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’को औपचारिक कार्यक्रम गरी अवलोकन शुभारम्भ गर्नेछन् ।

दिउँसो २ बजे शुभारम्भ कार्यक्रमको आयोजना गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन् ।

आइतबारदेखि सर्वसाधारणले पनि नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’को अवलोकन गर्न पाउने छन् ।

२०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डपछि राजा वीरेन्द्रको निजी निवास श्री सदन बन्द छ । श्री सदनमा राजा वीरेन्द्रको परिवार बस्थे । २०७७ वैशाख १ गतेदेखि श्री सदन खुला गर्ने योजना थियो तर कोरोना सङ्क्रमणका कारण उक्त कार्य पनि पछि धकेलिएको हो ।

श्री सदनका साथै गणतन्त्र स्मारक पनि अवलोकन गर्न पाइने भएको छ । गणतन्त्र स्मारकको भने २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् तर अवलोकन खुला गरिएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस