२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना तिहार

अ+ अ-

काग तिहार आयो
कुकुर तिहार आयो
गाई तिहार र भाइ तिहार आयो
तर
उसको लागि त
कोरोना तिहार पो आयो ।
ऊ थुनिएको छ
एउटा बन्द कोठामा
घरी घरी झ्यालबाट
बाहिर चियाउँछ
उज्यालो घाम देख्छ
परन्तु
आफू भने
बेखबर जस्तै छ
परित्यक्त बनेको छ ।
आफ्नै दिदीबहिनीहरू
पहिलो महिनावारीमा
न सूर्यको मुख
न मर्दको मुख
भन्दै अँध्यारो कोठामा
थुनिएको पिडा
बल्ल पो महसुस गर्दै छ ।
सुन्थ्यो
अति कष्टकर छाउपडी प्रथा
बल्ल अनुभूति गर्दै छ
दलित भन्दै
हेपिएकाहरूको व्यथा
अछुत भन्दै छि छि,दूर दूर
गरिएकाहरूको कथा
आज आफैले भोगिरहेको छ ।
घर भरि
तिहारका सेल रोटी,
मिठा मिठा परिकार
घ्यू ,तेलमा पाकिरहँदा
आउने मिठो वासना
कहाँ थाहा पाओस्
उसको नाकले ?
परैबाट अछट्ट गरी
दिएका ती पकवानको
स्वाद के थाहा पाओस्
उसको जिब्रोले ??
उसलाई त
हनहनी ज्वरो आएको छ
छाती चपक्क अँठ्याउँदै
आन्द्रै निस्केला जस्तो गरी
खोकिले सताएको छ
जीउ करकरी खाएको छ
तै पनि
सबैलाई आउने तिहार
उसलाई पनि आएको छ
तर
भाइ तिहार हैन
यसपालि उसको त
कोरोना तिहार पो आएको छ ।
हो,कोरोना तिहार आएको छ ।।