काठमाडौँ र ललितपुर प्रहरी प्रमुख फेरिए: काठमाडौँमा सिंह र ललितपुरमा बज्राचार्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ र ललितपुर प्रहरी प्रमुख फेरिए: काठमाडौँमा सिंह र ललितपुरमा बज्राचार्य


५ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस क्रममा ललितपुर र काठमाडौँका प्रहरी प्रमुखहरु फेरिएका छन् । सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँमा अशोक सिंह आएका छन् भने ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ ।

सिंह प्रहरी प्रधान कार्यलयमा कार्यरत थिए । त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी रामकृपाल साहको सरुवा भएको छ । साह महानगरीय प्रहरी कार्यालय विमानस्थलमा कार्यरत थिए । त्यस्तै विमानस्थलमा एसएसपी केदार ढकाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।

यस्तो छ सूची:

Tags :
प्रतिक्रिया दिनुहोस