इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ जनाको मृत्यु


३० कार्तिक २०७७, आइतबार


अदिस अबाबा । इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानव अधिकारवादी समूहले आइतबार जनाएको छ ।

इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय मानबअधिकारवादी संस्थाले उल्लेख गरेको छ ।

इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ रहेको भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् ।

आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस