देउखुरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु « प्रशासन
Logo २१ मंसिर २०७८, मंगलबार
   

देउखुरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


३० कार्तिक २०७७, आइतबार


देउखुरी । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए । महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस