डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच वासिङटनमा झडप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच वासिङटनमा झडप


३० कार्तिक २०७७, आइतबार


एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचन परिणामका विषयलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच झडप भएको छ।

निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको दाबीको समर्थनमा वासिङटनमा र्‍याली निकालिएको थियो । जहाँ दुई ठूला समूहबिच मुठभेड हुँदा एक जना व्यक्तिलाई छुरा हानिएको बिबिसीले जनाएको छ ।

ट्रम्प समर्थक र्‍यालीमा उग्र दक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए । त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा जो बाइडनको जितलाई आधारहीन र अमान्य भनी आरोप लगाउँदै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस