२४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२ सय १५ पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२ सय १५ पुग्यो


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

देशभर कोरोना भाइरस संक्रमणका कारण १२ सय १५ जनाको मृत्यु भएको छ।

सोही अवधीमा १ हजार ९ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २५ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ ।

हालसम्म संक्रमित मध्य १ लाख ७० हजार ६३२ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस