नेपालमा प्रोटोन गाडी भित्रिँदै « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

नेपालमा प्रोटोन गाडी भित्रिँदै


२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा मलेसियाको प्रोटोन ब्रान्डका गाडी भित्रिने भएका छन् । काठमाडौँको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सो रुम सञ्चालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक रहेको छ । हाल जगदम्बा मोटर्सले दुइपाग्रें सवारी साधनमा टिभिएसको मोटर र स्कुटर, तीन पाङ्ग्रेमा अटो रिक्सा र हेभि इक्युप्मेन्ट बिक्री वितरण गर्दै आइरहेको छ ।

हाल प्रोटोनका सवारीसाधन विश्वका विभिन्न देशमा रुचाइने सवारी साधनमा पर्छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस