डोटीमा अज्ञात समूहद्वारा हेलो नेपालको टावरमा आगजनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा अज्ञात समूहद्वारा हेलो नेपालको टावरमा आगजनी


२८ कार्तिक २०७७, शुक्रबार


डोटी । डोटीको बोगटान फुडसील गाउँपालिका वडा न.५ धिर्कामाण्डौमा रहेको हेलो नेपालको टावरमा अज्ञात समूहद्वारा आगजनी गरिएको छ ।

धुरालेक सामुदायिक वन भित्र रहेको हेलो नेपालको निर्माणाधीन टावरमा अज्ञात समूहद्वारा आगजनी गर्दा टावरको सोलार पाता थान ९७ जली क्षतिग्रस्त भएका छन् भने १२ भोल्टका ३ ब्याट्री फुटेका छन् ।

टावरको बाकस टावर भन्दा अगाडि १० मिटर तल फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस