राजश्व समूहका ७२ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजश्व समूहका ७२ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?


प्रशासन सिंहदरवार ब्युरो

२८ कार्तिक २०७७, शुक्रबार


राजश्व समूह

काठमाडौँ । अर्थ मन्त्रालयले राजश्व समूहका ७२ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले २ वर्ष अवधि पुगेका र रिक्त रहेका ठाउँमा नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूलाई सरुवा गरेको हो ।

अवधि पुगेका उपसचिवहरूलाई सरुवा गर्न अर्थ मन्त्रालयले महिनौँ अघिदेखि तयारी गरे पनि आकर्षक ठाउँमा को जाने भन्ने आन्तरिक लडाइँले रोकिएको थियो । निजामती सेवा नियमावली नियमावलीको नियम ३६ को उपनियम १(ख) अनुसार ‘मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा’ सरुवा गरी सकिसक्नु पर्ने उल्लेख छ ।

अर्थका दुवै सचिव, प्रशासन महाशाखा तथा शाखा प्रमुखहरूको कैयूं पटकको आन्तरिक मिटिङपछि बल्ल बल्ल सरुवाको गाँठो फुकेको हो । निजामतीमा आकर्षक मानिने अर्थ मन्त्रालय अन्तर्गतका पनि केही भन्सार र कर कार्यालयमा जान कर्मचारीको ठुलै हानथाप चल्दै आएको छ । भैरहवा, केरुङ, भरतपुर, जनकपुर र पुतली सडक, त्रिपुरेश्वर, न्यूरोड, सिमरा, हेटौडालगायत ठाउँमा जान निकै ठुलो चलखेल हुने गरेको छ ।

हेर्नुहोस् सूची

 

 

Tags :
प्रतिक्रिया दिनुहोस