गीतकार सुनिल कोइरालाको ‘देउसी भैलो’ सार्वजनिक (भिडियोसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गीतकार सुनिल कोइरालाको ‘देउसी भैलो’ सार्वजनिक (भिडियोसहित)


२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीत ‘ देउसी भैलो’ सार्वजनिक भएको छ ।

उक्त गीत प्रज्ञाश्वरी रेकर्डिङको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । आज भन्दा ६ वर्ष अगाडि नै रेकर्ड गरिएको गीतलाई यो वर्षमात्र भिडियो निर्माण गरिएको संगीतकार किरण कँडेलले बताए ।

एउटै गीतमा देउसी र भैलो मिश्रित गीत निकै कम बनेकोले यो गीतलाई फरक र मौलिक रूपमा निर्माण गर्न कोसिस गरिएको संगीतकार किरण कँडेलको भनाई छ ।

तिहारमा बज्ने एउटै प्रकृतिको गीत भन्दा भिन्न प्रकारको गीत निर्माण गर्न उत्प्रेरित भई यो गीतको सृजना गरिएको गीतकार सुनिल कोइरालाको भनाई छ ।

गीतमा किरण कँडेल, सुरज कुमार थापा, निकिता थापा, अनुष्का पाठकको स्वर रहेको छ भने भिडियोको निर्देशन शिवु श्रेष्ठले गरेका हुन् ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस