डोटीमा सात जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा सात जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण


२८ कार्तिक २०७७, शुक्रबार


डोटी । सशस्त्र प्रहरी बल दिपायलमा कार्यरत ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रेमा कार्यरत रहेको अस्पतालले जानकारी दिएको छ ।

शुक्रबार गरिएको परीक्षणमा डोटीमा ९ जना संक्रमित रहेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ मा एक जना र वडा न.४ मा एक जना गरी ९ जनामा संक्रमण देखिएको छ । संक्रमित सशस्त्र प्रहरी ब्यारेक भित्र आइसोलेसनमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस