शहरी विकासमन्त्रीले गरे साइकल लेन निर्माणको खुलेरै प्रशंसा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शहरी विकासमन्त्रीले गरे साइकल लेन निर्माणको खुलेरै प्रशंसा


२८ कार्तिक २०७७, शुक्रबार


ललितपुर । ललितपुर महानगरपालिकालाई पर्यटकीय सुन्दर नगरी बनाउन महानगरपालिकाले निर्माण सम्पन्न गरेको साइकल लेनको शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले खुलेरै प्रशंसा गरेका छन् ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनसँगको भेटमा मन्त्री श्रेष्ठले ललितपुरलाई सुन्दर सहर बनाउन महानगरपालिकाले गरेका काममध्ये साइकल लेन महत्वपूर्ण भएको बताए ।

सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा मन्त्री श्रेष्ठलाई भेट्न पुगेका महानगरका प्रमुख महर्जनले दोस्रो चरण अन्तर्गतको साइकल लेन निर्माणको काम समेत अघि बढेको जानकारी गराएका छन् । मन्त्री श्रेष्ठले पनि महानगरले अघि सारेका सम्पूर्ण काममा सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस