चितवनमा तरकारी सङ्कलन केन्द्र निर्माण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितवनमा तरकारी सङ्कलन केन्द्र निर्माण


२८ कार्तिक २०७७, शुक्रबार


मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ ।

किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताइन् । किसानहरुलाई उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ ।

किसानहरुबाटै समिति निर्माण गरी केन्द्र सञ्चालन गरिने उनले बताइन् । तरकारी सङ्कलन केन्द्र नहुँदा तरकारी उत्पादनमा सङ्लग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्याएर बिक्री गर्न सहज हुने किसानहरु बताउँछन् ।

गाउँपालिकाले पनि तरकारी तथा फलफूल खेतीका लागि विशेष जोड दिएको अध्यक्ष गुरुङले बताइन्। उनले बाँझो जमिन प्रयोगमा ल्याउन प्रोत्सहान गर्दै एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानका कायक्र्रम ल्याइएको जानकारी दिइन् । सबै वडामा जैविक विषादीमुक्त तरकारी उत्पादनमा जोड दिइएको उनको भनाइ थियो ।

किसानले १०० भन्दा बढी फलफूलको बिरुवा रोपे ७५ प्रतिशत अनुदान दिइने उल्लेख गर्दै उनले खेतीयोग्य जमिनका लागि थोपा सिँचाइको व्यवस्था गरिने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस