२४ घण्टामा विश्वमा ५ लाख ७९ हजार जनामा कोरोना पुष्टि, ९ हजार बढिको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा विश्वमा ५ लाख ७९ हजार जनामा कोरोना पुष्टि, ९ हजार बढिको मृत्यु


एजेन्सी

२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अघिल्लो २४ घण्टा ४ लाख ९० हजार ४७८ जनामा कोरोना संक्रमित थपिएका थिए । अघिल्लो दिनको तुलनामा यो धेरै हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६८ रहेको छ ।

यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १८ लाख ४८ हजार ६६१ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ८० हजार ८६८ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस