गण्डकीमा २०० जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गण्डकीमा २०० जना कोरोना संक्रमित थपिए


२७ कार्तिक २०७७, बिहिबार


गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०० जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको भएको छ ।

यस अवधिमा ६४७ जनाको कोरोना परीक्षण गरिएको र नौ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ९ हजार ९०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ११४ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित चार हजार ८१० छन् । कोरोना सङ्क्रमण भई निको हुनेको सङ्ख्या चार हजार ९७९ पुगेको छ । प्रदेशमा हालसम्म ९८ हजार ७६२ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस