राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता « प्रशासन
Logo १८ मंसिर २०७८, शनिबार
   

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खजुरा गाँउपालिका (बाँके जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाँउपालिकाको संस्थागत ग्यारेण्टी हुने बताए ।

उक्त कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष एकमाया बि.क., गाँउपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सल्लाहकार भीम वली, कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस