२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उच्च अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ ।

मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.८९ बिन्दुले उकालो लागेर एक हजार ७०७.६७ मा पुगेको छ ।
नेप्से लगातार उकालो लागेर आज नयाँ उचाई कायम गरेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ५.२३ बिन्दुले उकालो लागेर ३३५.६२ मा पुगेको छ ।

कूल १९५ कम्पनीको एक करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयर रु चार अर्ब नौ करोड ९६ लाख चार हजार ७४२ मूल्यमा कारोबार भयो ।

नेप्से उकालो लाग्दै गएका कारण बजार पूँजीकरणमा सुधार आएको छ । आजको कारोबारका आधारमा बजार पूँजीकरण झण्डै रु २३ खर्ब बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण रु २२ खर्ब ८८ अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ भने अन्य ११ उपसूहको शेयर उकालो लागेको छ । वित्त २.८६ बिन्दुले घट्दा बैंकिङ १४.८८, व्यापार १४९.८३, होटल ४७.३५, विकास बैंक २.९२, जलविद्युत् ४.३९, निर्जीबन बीमा ३३९.३२, उत्पादन २००ं.२१, अन्य ४९.६८, लघुवित्त ७.१४, जीवन बीमा ७.०३ र सामूहिक लगानी कोष ०.५५ बिन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु २५ करोड ९० लाख २८ हजार ९३० बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ८६ लाख ४० हजार ६९६, एनआइसि एशिया बैंक रु १५ करोड ६५ लाख ९० हजार ४२७, नागरिक लगानी कोष रु १५ करोड ४५ लाख १४ हजार , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड १५ लाख ७४ हजार २०२, नेपाल पुनरबीमा कम्पनी रु १५ करोड १० लाख ७१ ह्जार ४३२, शिवम् सिमेन्ट रु १४ करोड ८० लाख ८९ हजार ९८९, अपि पावर कम्पनी रु १२ करोड १५ लाख ३४ हजार २७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन १०, लक्ष्मी इक्विटी फण्ड ९.९९, नागरिक लगानी कोष ९.९८, विशाल बजार कम्पनी ९.९८, एनआइसि एशिया ग्रोथ फण्डका लगानीकर्ताले ९.९० प्रतिशतले कमाए । यस्तै, आइसिएफसी फाइनान्स ४.७८, सेन्ट्रल फाइनान्स २.८९, निर्धन उत्थान लघुवित्त २.४०, निर्धन उत्थान लघुवित्त २.४०, हिमालयन पावर पार्टनर २.१७ र कामना सेवा विकास बैंकका लगानीकर्ताले २.१५ प्रतिशतले गुमाए ।