२ लाख नगद सहित ८ जुवाडे पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२ लाख नगद सहित ८ जुवाडे पक्राउ


२६ कार्तिक २०७७, बुधबार


नवलपुर । नवलपुर जिल्लाको कावासोतीमा जुवा खेलिरहेको अवस्थामा करिब दुई लाख रुपैयाँ नगद सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान कावासोती १५ गुदार स्थित मिनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जानकारी दिए ।

पक्राउ पर्नेमा देवचुली-११ का ३६ वर्षीय लिलबहादुर राना, कावासोती-१५ का २७ वर्षीय युवराज महतो, २६ वर्षीय रुमेश महतो, ४२ वर्षीय मिनबहादुर थारु, कावासोती-१७ का ३३ वर्षीय मधु मगर, कावासोती-८ का ३५ वर्षीय जितेन्द्र शाह र बुलिङटार-४ निवासी ३० वर्षीय छालबहादुर मुक्मी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ३ बुक तास, नेपाली रुपैयाँ एक लाख ८६ हजार ९ सय ५ रुपैयाँ, १२ हजारको चेक, १ सय ३० रुपैयाँ भारतीय नोट र विभिन्न देशको पैसा दुई हजार दुई सय ५० रुपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुर र प्रहरी चौकी कोल्हुवाको टोली गएर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस