गण्डकीमा १६६ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकीमा १६६ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु


२५ कार्तिक २०७७, मंगलबार


गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका—९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ११२ पुगेको छ ।

प्रदेशमा कोरोना सङ्क्रमण हुनेको संख्या ९ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको संख्या चार हजार ४४४ पुगेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस