अमेरिकाबाट नेपाली सेनालाई र्‍याफ्ट बोट र मिस्ट्रल र्‍याफ्ट हस्तान्तरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाबाट नेपाली सेनालाई र्‍याफ्ट बोट र मिस्ट्रल र्‍याफ्ट हस्तान्तरण


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई र्‍याफ्ट बोट र मिस्ट्रल र्‍याफ्ट सहयोग गरेको छ। अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप ६ थान र्‍याफ्ट बोट र ४ थान मिस्ट्रल र्‍याफ्ट हस्तान्तरण गरेको छ।

मंगलबार गौचरस्थित ब्यारेकमा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकी सैनिक सहचारी एलटिसी जोन माट सोभा र ओडिसी चिफ मेजर माइकल पी ह्वाइटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

बाढीडुबानजस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा उपयोगी हुने र सेनाको उद्धार टोलीलाई थप सहयोग हुने नेपाली सेनाको विश्वास छ।

Tags :
प्रतिक्रिया दिनुहोस