नेकपाभित्र दौडधुप : प्रधानमन्त्रीको सन्देश बोकेर खुमलटार गए शंकर पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपाभित्र दौडधुप : प्रधानमन्त्रीको सन्देश बोकेर खुमलटार गए शंकर पोखरेल


२५ कार्तिक २०७७, मंगलबार


Shankar pokhrel

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद मिलाउन शीर्ष नेताहरुको दौडधुप जारी छ । यसैबीच कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार गएका छन् ।

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर शंकर पोखरेल खुमलटार गएका हुन् ।

स्रोतका अनुसार मंगलबार बिहान खुमलटार पुगेका पोखरेलले ओलीसँग सहमति गरेर बैठक बोलाउने वातावरण मिलाउन अर्का अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए ।

प्रचण्डले भने सचिवालय बैठक बसेपछि मात्रै समस्या समाधानबारे छलफल हुने बताएको स्रोतको भनाइ छ ।

अध्यक्ष प्रचण्ड नेकपाभित्रको विवादबारे सचिवालय बैठकमै छलफल गर्नुपर्ने बताउँदै आएका छन् । तर प्रधानमन्त्री ओलीले भने पहिले दुई अध्यक्षबीच सहमति जुटाएर एजेण्डा तय नगरी बैठक आवश्यक नरहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस