बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरसबाट स्थगित परीक्षा मंसिर २८ गते देखि सुरू गर्ने भएको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्रिविका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्न लागिएको हो ।

चौथो वर्षको फर्म छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फर्म भरिसक्नु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

हेर्नुस् परिक्षा  तालिका:

 

Tags :
प्रतिक्रिया दिनुहोस