म्यानमारको निर्वाचनमा आङ साङ सुकीको पार्टीको शानदार जित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म्यानमारको निर्वाचनमा आङ साङ सुकीको पार्टीको शानदार जित


एजेन्सी

२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । म्यानमारमा भएको आम निर्वाचनमा आङ साङ सुकीको सत्तारुढ पार्टी लिग फर डेमोक्रेसीले शानदार जित हासिल गरेको दाबी गरेको छ ।

सन् २०११ मा सेनाले सत्ता नागरिकहरुलाई सुम्पिन थालेपछि आइतबार म्यानमारमा दोस्रो आम निर्वाचन भएको हो ।

अहिलेसम्म आधिकारिकरुपमा घोषणा नभए पनि सुकीको पार्टी एनएलडीले सन् २०१५ मा भएको पहिलो आम निर्वाचनभन्दा पनि धेरै सिट जित्दै शानदार जित हात पार्ने अपेक्षा गरिएको छ । सन् २०१५ मा एनएलडीले म्यानमारमा बहुमत पाएको थियो ।

सोमबार एनएलडीका प्रवक्ता म्यो न्यून्टले आफ्नो पार्टीले ३२२ भन्दा धेरै संसदीय सिटमा जित हात पारेको दाबी गरेका थिए । यो आँकडा सरकार निर्माणको लागि आवश्यक सिटको आँकडा हो । न्यून्टले मुलुकभरका मतगणनास्थलमा रहेका आफ्ना पार्टीका एजेन्टहरुले पठाएको तथ्यांकको आधारमा उक्त दाबी गरेका हुन् ।

सन् २०१५ मा एनएलडीले ३९० सिटमा जित हात पारेको थियो । यसपटक पार्टीले यो आँकडा पनि पार गर्ने आकलन न्यून्टको छ । अहिले पनि म्यानमारमा सुकीको पार्टी लोकप्रिय देखिएको छ । तर, रोहिंग्यामाथिको दमनको लागि सहयोगी भूमिका खेलेको भन्दै अन्तर्राष्ट्रियरुपमा उनको आलोचना हुँदै आएको छ ।

स्रोत : अलजाजिरा

Tags :
प्रतिक्रिया दिनुहोस