बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु


२५ कार्तिक २०७७, मंगलबार


बुटवल । कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ ।

बाँकेमा उपचाररत बर्दियाका दुईजना र दाङका एकजना संक्रमितको मृत्यु भएको हो ।

बर्दिया नगरपालिका-२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपभारको क्रममा मृत्यु भएको छ ।

कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो १:४५ मा मृत्यु भएको र उनको मृत्यु पश्चातसाँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

मृतकमा निमोनियाको समस्या रहेकाले प्री-आइसोलेसन युनिटमा भर्ना गरेर अक्सिजन र एन्टिबायोटिक लगायत सबैखाले उपचार विधि अपनाउँदा पनि उनलाई बचाउन नसकिएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरशेबाबु श्रेष्ठले बताए ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका-८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको तीन घण्टापछि अर्थात् गएराति ८:४५ बजे उनको मृत्यु भएको हो ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका-१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । सोमबार बिहान अस्पताल भर्ना भएको उनको गएराति ९:३० बजे मृत्यु भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस