आज फाल्गुनन्द जयन्ती मनाइँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज फाल्गुनन्द जयन्ती मनाइँदै


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ। आज किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ ।

फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।

जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका उनको जन्म वि. सं. १९४२ कातिक २५ गते इलाममा भएको हो । उनको निधन वि. सं. २००५ सालमा भएको थियो ।

उनले वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित बनेको छ ।

फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस