स्रोत नखुलेको १६ लाखसहित एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्रोत नखुलेको १६ लाखसहित एक भारतीय नागरिक पक्राउ


२४ कार्तिक २०७७, सोमबार


काठमाडौं । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका–स्थित माईस्थान चोकबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त रुपैयाँसहित जैन पक्राउ परेका हुन्।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।

जैनविरुद्ध बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस