बुटवलको कोरोना अस्पतालमा उपचाररत थप एक जना संक्रमितको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बुटवलको कोरोना अस्पतालमा उपचाररत थप एक जना संक्रमितको मृत्यु


२४ कार्तिक २०७७, सोमबार


बुटवल । कोरोना संक्रमणका कारण बुटवलको अस्थायी कोभिड-१९ अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए । डा.गौतमका अनुसार उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका थिए

 

Tags :
प्रतिक्रिया दिनुहोस