काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर १ हजार २७५ पुगेको छ ।