प्रधानमन्त्री ओलीद्वारा माधव नेपालसहित पूर्वएमालेका ४ नेतासँग छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीद्वारा माधव नेपालसहित पूर्वएमालेका ४ नेतासँग छलफल


२३ कार्तिक २०७७, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित पूर्वएमालेका ४ जना नेतासँग बालुवाटारमा छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र दिएका थिए ।

शनिबार नेता नेपालले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए।

पछिल्लो समय अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

यसअघि कात्तिक ५ र ११ मा पनि अध्यक्ष ओलीले नेता नेपालसँग भेटवार्ता गर्दै सहकार्यका लागि आग्रह गरेका थिए।

 

Tags :
प्रतिक्रिया दिनुहोस