२ लाख १२ हजारसहित भक्तपुरबाट १० जुवाडे पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२ लाख १२ हजारसहित भक्तपुरबाट १० जुवाडे पक्राउ


२३ कार्तिक २०७७, आइतबार


पक्राउ

भक्तपुर । तास खेलिरहेको अवस्थामा भक्तपुरबाट तास नगदसहित १० जना जुवाडे पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका २, कालोपाटीमा तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्‍ने ४० वर्षीय नवराज श्रेष्ठलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस