शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु


२२ कार्तिक २०७७, शनिबार


काठमाडौँ । शनिबार नेपालमा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ भने १ हजार १ सय ४४ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस