बैठकको प्रस्ताव लिएर बालुवाटार पुगे नेकपाका बहुमत सचिवालय सदस्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैठकको प्रस्ताव लिएर बालुवाटार पुगे नेकपाका बहुमत सचिवालय सदस्य


२२ कार्तिक २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु सचिवालयको बैठक बस्ने प्रस्ताव लिएर पार्टी अध्यक्ष एवं प्रधानमन्‍त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

शनिबार बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकको प्रस्तावसहितको पत्र बुझाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकपछि उनीहरु बालुवाटार पुगेका हुन् ।

अर्का अध्यक्ष ओलीलाई बैठकका लागि मनाउन लिखित पत्रसहित भेट्न पुगेको एक नेताले बताए ।

नेकपा अध्यक्ष प्रचण्डले हिजो धुम्बाराहीमा डाकेको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापालगायत अनुपस्थित थिए ।

शुक्रबार पनि पार्टी कार्यालयमा यिनै सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक भएको थियो । त्यहाँ औपचारिक बैठकका लागि अर्का अध्यक्ष ओलीलाई भेटेर सामूहिक आग्रह गर्ने सहमति भएको थियो । त्यसैअनुसार उनी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस