हामी जित्दैछौँ : बाइडन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हामी जित्दैछौँ : बाइडन


२२ कार्तिक २०७७, शनिबार


काठमाडौँ । अमेरिकामा डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडनले केही बेर अघि आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गर्दै आफू जित्ने निश्चत भएको बताएका छन् ।

उनले अमेरिकाको इतिहासमै सबभन्दा धेरै मत आफ्ना पक्षमा आउने भन्दै सम्बोधनमा भने,‘हामी अगाडि छौँ, जित्नेछौँ, २४ वर्षपछि एरिजोना जित्दैछौँ, २८ वर्षमा जोर्जिया जित्दैछौँ, पेन्सिलभेनिया जस्तो महत्त्वपूर्ण राज्य जित्दैछौँ, रेकर्ड नम्बरले परिवर्तन रोजेका छन् ।’

उनले सम्बोधनमा कोरोना महामारीका कारण आफन्त गुमाएकाहरुप्रति समवेदना प्रकट गरेका छन् ।

उनले आफ्नो कार्यकालमा पहिलो दिनदेखि नै महामारी नियन्त्रण गर्न काम थाल्ने बताएका छन्।

अहिले मतगण्ना जारी रहेकोले सबैलाई धैर्य हुन आग्रह गरेका छन् । उनले भने, ‘हामी शान्त रहन आवश्यक छ र प्रक्रियालाई काम गर्न दिनुपर्छ, तपाईँको मत गणना हुनेछ, त्यसलाई रोक्न जति कोशिस गरिए पनि म त्यसो हुन दिने छैन।’

उनले आफूहरुका अगाडि गम्भीर समस्या भएकाले पार्टीगत लडाईँमा समय खेरफाल्ने समय नभएको बताएका छन् ।

बाइडनले महत्त्वपूर्ण बनेका राज्यहरू पेन्सिलभेनिया, नेभाडा, एरिजोना र जोर्जियामा अग्रता लिइरहेका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस