राष्ट्रिय गौरव आयोजनाको सम्भाव्यता अध्ययन गर्न सहसचिवको संयोजकत्वमा कार्यदल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय गौरव आयोजनाको सम्भाव्यता अध्ययन गर्न सहसचिवको संयोजकत्वमा कार्यदल


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । धनुषामा कृषिको राष्ट्रिय गौरवको आयोजना निर्माण गर्नेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यदल गठन गरेको छ ।

मन्त्रालयका सहसचिव विमलकुमार निर्मलको संयोजकत्वमा कृषिका हरेक विभागका विज्ञ सहभागी कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ । कार्यदललाई प्रतिवेदन बुझाउन एक महिनाको समय तोकिएको छ ।

धनुषाको कमला र जनक नन्दनी नगरपालिकाको १५ हजार बिघा भन्दा धेरै जमिनमा सहकारी तथा सामूहिक खेतीमार्फत कृषि आयोजना अघि बढाउन पूर्व सम्भाव्यता अध्ययन गर्न उक्त कार्यदल बनेको हो ।

खोलाको धार परिवर्तनपछि बाँझो बसेको जमिन उपयोग गरेर माछा पालन, तरकारी, फलफूल खेती वा अन्य प्रयोजनको काम गर्न मन्त्रालयले तयारी गरेको छ ।

गत कात्तिक ५ गते कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले उक्त क्षेत्रको अवलोकन गर्दै हरेक प्रदेशमा कम्तीमा एउटा कृषिका राष्ट्रिय गौरवका योजना बनाउने घोषणा गरेका थिए ।

२०६४ सालमा कमला नदीले धार परिवर्तन गरेर अलपत्र परेको हजारौँ बिघा जमिन प्रयोग गरेर आयोजना अघि बढाउन सकिने प्रदेश सरकारले राय दिएको थियो । आयोजना क्षेत्र १० किलोमिटर लामो र २ किलोमिटर चौडाइको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस