स्रोत नखुलेको ४० लाख रूपैयाँसहित एक जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्रोत नखुलेको ४० लाख रूपैयाँसहित एक जना पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । स्रोत नखुलेको ४० लाख रूपैयाँसहित काठमाडौँबाट एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्तालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।

बुटवलबाट काठमाडौँका लागि छुटेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस