वीपी प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वीपी प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान-१२ की ७८ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठजानकारी दिए ।

कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना भएका थिए । क्षयरोग तथा प्लीउरल इफ्यूजनसम्बन्धी रोगबाट समेत ग्रसित रहेका उनको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको डा. श्रेष्ठले बताए ।

यसैगरी धरानकी ७८ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार राति ११ बजे मृत्यु भएको उनले बताए । साइकियाट्रिक सम्बन्धी समस्याबाट ग्रसित वृद्धामा कात्तिक २० गते संक्रमण पुष्टि भएको डा. श्रेष्ठले बताए । अस्पताल भर्ना भएकै दिन राति ११ बजे उनको मृत्यु भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस