विराटनगरमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विराटनगरमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु


२१ कार्तिक २०७७, शुक्रबार


विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जना महिलाको मृत्यु भएको छ ।

धनकुटाकी ३२ वर्षीया र विराटनगरकी ५१ वर्षीया महिलाको कोशी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान र्मत्यु भएको हो ।

धनकुटा-४ की ३२ वर्षीया महिलाको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा बिहान ८:१५ बजेतिर मृत्यु भएको छ।

बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जनकारी दिए । मृतकमा श्वासप्रश्वासको समस्या देखिएको बस्नेतले बताए।

त्यस्तै विराटनगर महानगरपालिका-७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार बिहान ८ बजेतिर महिलाको मृत्यु भएको हो।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। मृतकमा श्वासप्रश्वास र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको आचार्यले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस