नेपाल प्रहरीद्वारा ३६० जना सहयोगी माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीद्वारा ३६० जना सहयोगी माग


२१ कार्तिक २०७७, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’ का लागि दरखास्त आव्हान गरेको छ ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले खुला र समावेशी गरी माली/बगैंचे, भान्छे, हजाम, सिलाइ/बुनाइ, कुचिकार र खेलाडीमा गरी तीन सय ६० जनाका लागि शुक्रबार सूचना प्रकाशित गरेको हो ।

कार्यालयका अनुशार ९ जना माली/बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ÷बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि माग गरिएको छ ।

खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला/पुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्।

मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ।

खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ।

साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस