कांग्रेसबाट केसीको ठाउँमा पाण्डे सांसद बन्‍ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कांग्रेसबाट केसीको ठाउँमा पाण्डे सांसद बन्‍ने


२० कार्तिक २०७७, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने भएका छन् ।

प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डे सांसद बन्ने भएका हुन् । गत मंगलबार निधन भएका केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए ।

निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस