भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान


२० कार्तिक २०७७, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।

भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस