पूर्वमन्त्री मन्सुरलाई कोरोना पोजेटिभ, उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्री मन्सुरलाई कोरोना पोजेटिभ, उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो


१९ कार्तिक २०७७, बुधबार


कलैया । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए ।

उनलाई हेलिकप्टरबाट काठमाडौँस्थित मेडिसेन्टरमा उपचारका लागि पठाइएको काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । उनको उपचार वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस