कालीगण्डकी करिडोरमा खटिएका कामदार पहिरामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कालीगण्डकी करिडोरमा खटिएका कामदार पहिरामा


१९ कार्तिक २०७७, बुधबार


कावासोती । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरामा पुरिएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदू पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले आज साँझ करीब ५ बजे सो खण्डमा कार्यरत मजदूर ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट खसेको सुख्खा पहिराले पुरिएको जानकारी दिए ।

पहिरामा कति जना पुरिएका छन् भन्ने यकिन नभएको उनको भनाइ छ । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

पहिरामा पाँच जना पुरिएको आशंका गरिएको छ । अहिले पहिरो पन्छाएर खोजी जारी रहेकाले यति नै पुरिएका छन् भन्ने यकिन नभएको बताइएको छ । अहिले सो स्थानमा प्रहरी कार्यालय बुलिङटारको प्रहरी टोली उद्धारमा खटिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस