कोभिड पोजेटिभ कर्मचारीको बिदा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोभिड पोजेटिभ कर्मचारीको बिदा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा


१९ कार्तिक २०७७, बुधबार


सचिव

काठमाडौँ । कोरोना पोजेटिभ कर्मचारीलाई बिदा दिने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिनेबारेको प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको हो । सङ्क्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बढीमा १४ दिनसम्म कर्मचारीलाई बिदा दिन लागिएको हो ।

सम्बन्धित समाचार : कोरोना सङ्क्रमित कर्मचारीलाई १४ दिन बिदा दिने तयारी 

प्रशासन उच्च स्रोतका अनुसार अस्पतालमा भर्ना भएको अवस्थामा अस्पताल अवधिभर, आइसोलेसनमा बसेको छ भने बढीमा सात दिन र कोभिड पोजेटिभ आएमा बढीमा १४ दिन बिदा दिन प्रस्ताव गरिएको छ ।

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने भए पनि कोरोना सङ्क्रमण भएको अवस्थामा उक्त बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिनुपर्ने कर्मचारीको मागसँगै मन्त्रालयले यस्तो निर्णय गरेको हो । यद्यपि कतिपय अवस्थामा कोरोना पोजेटिभ भएको महिनौँसम्म पनि रिपोर्ट नेगेटिभ नआउने कर्मचारीको सङ्ख्या पनि उतिकै छ । रिपोर्ट नेगेटिभ नआउँदासम्म आइसोलेसनमै बस्नु पर्ने सरकारी नियमाअनुशार बाहिरसमेत निस्किन नहुने अवस्थामा त्यस्ता कर्मचारीहरूले कार्यालयमा जाने कुरै हुँदैन, यस्तो अवस्थामा भने थप निर्णय आवश्यक देखिन्छ ।

पहिलो पटक रिपोर्ट पोजेटिभ देखिएसँगै नेगेटिभ आएको तीन दिनपछि मात्रै कार्यालयमा जाने अवस्थामा रहेकोले रिपोर्टका आधारमा बिदाको निर्णय गर्नुपर्ने एक सङ्क्रमित कर्मचारीको भनाई छ ।

यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस