पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु, मृतकको संख्या १ हजार ३४ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु, मृतकको संख्या १ हजार ३४ पुग्यो


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।
मंगलबार देशभर कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस