महरा पत्नीको निधनबाट सभामुख मर्माहत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महरा पत्नीको निधनबाट सभामुख मर्माहत


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले स्व. महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले विज्ञप्तिमा भनेका छन्, ‘स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ ।’ महरापत्नीको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस