कोरोना संक्रमणबाट गजेन्द्रनारायण अस्पतालका एक कर्मचारीको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोरोना संक्रमणबाट गजेन्द्रनारायण अस्पतालका एक कर्मचारीको मृत्यु


१९ कार्तिक २०७७, बुधबार


सप्तरी । कोरोना संक्रमणबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याबमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

अस्पतालको ल्याबमा फर्मासिस्ट पदमा कार्यरत राजविराज वडा-२ का २८ वर्षीय युवकको बुधबार बिहान ११ बजेतिर मृत्यु भएको हो ।

कात्तिक १५ गते कोरोना संक्रमणपुष्टिभएपछि उनी अस्पताल अन्तर्गत साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएका थिए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाका अनुसार कोरोना पोजेटिभ देखिएपनि त्यस्तो कुनै लक्षण पनि देखा परेको थिएन । लक्षण देखा नपरे पनि उनी आइसोलेसनमा भर्ना भएका थिए,’ डा. झाले भने, ‘बिहान अन्य दिन झैं खाजा र चिया खाएर बसिरहेको बखत अचानक उनको मृत्यु भएको हो ।

युवकमा अन्य कुनै रोग नभएको उनले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस